नियम ८
परीक्षाको किसिम
(१) सैनिक प्राड सेवामा रिक्त रहेको उपसेनानी र जमदारपदमा पदपूर्तिको लागि उम्मेदवारको छनौट गर्न देहायको परीक्षा लिनुपर्नेछः–
(क) वियरिङ परीक्षा,
(ख) बि.एम.आई. र प्रारम्भिक स्वास्थ्य परीक्षण,
(ग) शारीरिक परीक्षा,
(घ) लिखित परीक्षा,
(ङ) प्रयोगात्मक परीक्षा,
(च) विस्तृत स्वास्थ्य परीक्षण,
(छ) अन्तर्वार्ता ।
(२) उपसेनानी पदको उम्मेदवारको लागि उपनियम (१) मा उल्लेख गरेका परीक्षाका अतिरिक्त गुणमापक परीक्षा (आइ.ओ, टि.ओ., जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनुपर्नेछ ।
(३) सैनिक प्राड सेवामा रिक्त रहेका पदहरु स्थायी पूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।